चिट चोर्न नदिएको भन्दै आरआरका एक विद्यार्थीले शिक्षक कुटे

होमल्याण्ड खबर

२०७८ पुष ६ गते, मंगलवार १२:२१ मा प्रकाशित

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेका छन्। चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए।

सोही क्रममा विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाए । केही समयको बादविवादमा जेठाराले सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनीमाथि कुटपिट गरेका छन्।

पुडासैनी नै आफैं परीक्षामा गार्ड बसेका थिए। विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेको एक शिक्षकले बताए। ति शिक्षकका अनुसार घाइते पुडासैनीलाई उपचारका लागि नजिकैको मोडल अस्पताल लगिएको छ। उनको टाउकोमा सात वटा टाँका लगाइएको छ।