पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ पुष ७ गते, बुधबार १७:०१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ९ जहार ३५९ जना संक्रमणमुक्त भएका छन् ।