२ जेष्ठ २०८३, शनिबार
पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार ६२६ वटा स्वाब नमुनाको परीक्षण गर्दा २९३ जनामा संक्रकमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ ।


यस्तै,पछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।