२ जेष्ठ २०८३, शनिबार
सरकारले १३ पुसबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको फाइजर खोप दिँदै आएको छ। सिरिञ्ज सकिँएपछि तत्कालका लागि आठ जिल्लामा स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली, चितवन, डडेल्धुरा र सुर्खेतमा फाइजर खोप अभियान स्थगित गरिएको हो। अन्य जिल्लामा सञ्चालन भइरहेको मोडर्ना खोप अभियान भने जारी रहनेछ। सरकारले ४ पुसबाट ५७ जिल्लामा मोडर्ना खोप दिइरहेको छ ।


अनुदानमा आएको खोपसँगै आउनुपर्ने सिरिन्ज नआएकाले अभियान स्थगित गर्नु परेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। सिरिञ्ज आउने वितिक्कै पुनः खोप अभियान सञ्चालन गरिने भएको छ ।