२ जेष्ठ २०८३, शनिबार
प्रतिकूल मौसमका कारण नेपालको हवाई सेवा प्रभावित भएको छ ।
खराब मौसमका कारण मंगलबार काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ ।


मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका हुन् । हुस्सु र कुहिरोका कारण कुन विमानस्थल कतिखेर खुल्ने अनिश्चित हुनेहुँदा उडान ढिलाई भएको हो ।