पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ पुष १८ गते, आईतवार १२:२० मा प्रकाशित

पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ   । बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको  लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएको प्रहरी चौकी हार्थोकले जनाएको छ।  बसमा ३५ जना मलामी सवार थिए ।

 घटनास्थलमा अहिले प्रहरी पुगेको छ । अहिले दुर्घटनामा परेका घाइतेहरुको  उद्धार कार्य जारी रहेको हार्थोक प्रहरी चौकीका असई बिष्णु रेग्मीले जानकारी दिए ।  घटनाबारे थप बुझ्ने क्रम जारी रहेको  उनले बताएका छन् ।