कोरोना अपडेट : थपिए ३ सय ८२ नयाँ संक्रमित, मृतक संख्या शून्य

होमल्याण्ड खबर

२०७८ पुष १९ गते, सोमबार १६:२६ मा प्रकाशित

पछिल्लो चौबिस घण्टामा ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९ सय ५९ जनामा कोरोना परीक्षण गर्दा जम्मा ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना मृत्युदर शून्य देखिएको छ । हिजो आइतबार कोरोनाबाट ४ जनाले ज्यान गुमाएका थिए ।

यस्तै पछिल्लो २४ घण्टामा सोही अवधिमा २ सय ५२ जना निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ४ हजार ९६९ जना रहेका छन् ।