कोरोना विरुद्ध खोपको अतिरिक्त मात्रा आजदेखि

होमल्याण्ड खबर

२०७८ पुष २० गते, मंगलवार ११:५८ मा प्रकाशित

सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई आजदेखि कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ ।

कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिलाई थप एक मात्रा खोप दिन लागेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरुले पाउने छन् ।