२ जेष्ठ २०८३, शनिबार
पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन ।


मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ भने ८ लाख १२ हजार ९३७ जना संक्रमणमुक्त भएका छन ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ जना रहेका छन । जसमध्ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन भने २६० जना संस्थागत आइसोलेसनमा रहेका छन। कोरोनाका बिरामीमध्ये ८८ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत छन ।