बैंक अफ काठमाण्डूका ग्राहकलाई सेरेन हस्पिटालिटी सर्भिसेजमा १५% छुट

होमल्याण्ड खबर

२०७८ पुष २३ गते, शुक्रबार १४:५८ मा प्रकाशित

 बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त विज्ञप्ती मार्फत गरिएको सम्झौता पश्चात् ग्राहक महानुभावहरुले सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. मा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १५% छुट पाउने भएका छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने जनाएको छ ।

सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. ले काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको बैकले जनाएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।