८ मंसिर २०८१, शनिबार
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाडौंको मनमैजुँमा ९६औँ शाखा विस्तार
गरेको छ ।
यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथा विशेष गरी कृषि व्यवसायीहरुमाझ वित्तीयपहुँच पुर्याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०६ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।