२६ श्रावण २०८३, मंगलवार
आन्तरिक राजस्व विभागले कर नतिर्ने कम्पनीको नाम सार्वजनिक गरेको छ । विभागको पुतलीसडक र बानेश्वर शाखाले कर नतिर्ने ३५२ फर्मको नाम सार्वजनिक गर्दै कर दाखिला गर्न निर्देशन दिएको हो । पुतलीसडक कार्यालयले ५ लाख रुपैयाँभन्दा बढी कर दाखिला गर्न बाँकी रहेका २५६ कम्पनीको नाममा १५ दिने सूचना जारी गरेको हो। त्यसैगरी बानेश्वर कार्यालयले भने ९६ कम्पनीको नाममा ७ दिने सूचना जारी गरेको छ।
कर तिर्नु नपर्ने प्रमाण पेश नगरेको र पटक पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि कार्यालयले पत्रिकामा सूचना प्रकाशित गरेका छन्। कर चुक्ता गर्न बाँकी कम्पनीहरुमा निर्माण व्यवसायीदेखि सञ्चार गृहसमेत रहेका छन्।


कर नतिर्ने कम्पनीहरुमा एभिन्युज टेलिभिजन प्रा.लि, कान्तिपुर म्यानेजमेन्ट प्रा.लि, अन्नपुर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज प्रा.लि, कम्युनिकेट मिडिया प्रा।लि, न्युज मिडया प्रा.लि., होटल माउण्टेन प्रा.लि. लगायतका ३५२ कम्पनी रहेका छन् ।
