२ जेष्ठ २०८३, शनिबार
पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् । राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा मंगलबार मध्याहन साढे १२ बजे पूर्वराजा ज्ञानेन्द्रले पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका हुन् ।
उनको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने जनाएको छ ।

