धादिङको गजूरी र गल्छीमा एनआईसी एसियाको २ शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ श्रावण २२ गते, मंगलवार १०:२९ मा प्रकाशित

एनआईसी एसिया बैंकले धादिङमा २ वटा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले धादिङको गजूरी गाँउपालिका वडा नं. १ र गल्छी गाउँपालिका वडा नं ७ स्थित दुई शाखा सोमबार उद्घाटन गरेको हो ।
बैंकको गजूरी शाखाको उद्घाट गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले गरेको हुन् भने गल्छी शाखाको उद्घाटन सोही गाउँपालिका अध्यक्ष कृष्ण हरी श्रेष्ठले गरेका हुन् ।

यी दुई शाखा सञ्चालनमा आएसँगै बैंकको मुलुकभर २३४ शाखा कार्यालय पुगेका छन् । बैंकले यी शाखाबाहेक २२४ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १६ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत पनि बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।