प्रधानमन्त्रीद्वारा पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको शुभकामना व्यक्त

होमल्याण्ड खबर

२०७८ पुष २७ गते, मंगलवार १०:५५ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले आज (मंगलबार) बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना दिएका हुन्।