पूर्वराजा शाह पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगे

होमल्याण्ड खबर

२०७८ पुष २७ गते, मंगलवार १४:२७ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार पुगेका छन् । पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न उनी सिंहदरबार पुगेका हुन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन्।

यसअघि राष्ट्रपति विद्यादेवि भण्डरी पनि माल्यार्पण गर्न त्यहाँ पुगेकी थिइन् । त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष कमल थापाले पनि शाहको सालिकमा माल्यार्पण गरेका थिए । आज पृथ्वीनारायण शाहको ३ सय औँ जन्मजयन्ती मनाइँदैछ ।