चीनबाट आयो ११ लाख ८४ हजार डोज भेरोसेल

होमल्याण्ड खबर

२०७८ पुष २८ गते, बुधबार १०:१८ मा प्रकाशित

चीनबाट कोरोनाभाइरस विरुद्धको खोप भेरोसेलको ११ लाख ८४ हजार डोज खोप आएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा मंगलबार भेरोसेल खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अहिलेसम्म विभिन्न मुलुकबाट भेरोसेल, कोभिसिल्ड, अस्टाजेनेका, फाइजर, मोर्डना र जोनसन गरी चार करोड ३ लाख ८७ हजार ९२७ डोज खोप आइसकेको छ ।

अहिलेसम्म दुई करोड ६४ लाख पाँच हजार २१० डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार लक्षित समूहको ७६.२ प्रतिशतले पहिलो डोज र ५६.४ प्रतिशतले पूर्ण खोप लगाएका छन्।

अहिलेसम्म कूल जनसंख्याको ४९.९ प्रतिशतले पहिलो डोज र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। खोप अभियान चलिरहेको छ। सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ।