२ जेष्ठ २०८३, शनिबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
बुधबार दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।


राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागहरूमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।