नेपालमा कुल जनसंख्याको ५०.२ प्रतिशतले लगाए कोरोना विरुद्दको खोप

होमल्याण्ड खबर

२०७८ पुष २८ गते, बुधबार १४:०० मा प्रकाशित

नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५०.२ प्रतिशत हो ।

१ करोड १३ लाख ३६ हजार ५ सय ३८ जना अर्थात कुल जनसंख्याको ३७.३ले दुबै डोज लगाएका छन्। लक्षित जनसंख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन्। नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको मन्त्रालयकै तथ्याकंले देखाउँछ ।

सरकारले खोप अभियान सुरू गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसंख्यामा राखेको थियो। केन्द्रीय तथ्यांक विभाग अनुसार नेपालमा १८ वर्षमाथिका जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ ।

मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ ।