निजामति कर्मचारी युनियनको महाधिवेशन तयारी पूरा, तोकिएको समयमै हुने

होमल्याण्ड खबर

२०७८ पुष २८ गते, बुधबार १५:४५ मा प्रकाशित

नेपाल निजामति कर्मचारी युनियनको आठौ महाधिवेशनको सम्पुर्ण तयारी सकिएको छ । माघको ८ देखि १० गतेसम्म काठमाडौंमा हुने आठौ महाधिवेशनको सम्पुर्ण तयारी सकिएको युनियनले जनाएको छ । महाधिवेशन अन्तरगत सम्पुर्ण जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागिय अधिवेशनहरु सम्पन्न भइसकेर मतदाताको नामावलीलाई अन्तिम रुप दिने काम भइरहेको युनियनले जनाएको छ ।

कोरोना महामारी ह्वातै बढेको अवस्थामा युनियनको महाधिवेशनमाथि प्रश्न उठिरहेका बेलामा युनियनको बर्तमान नेतृत्व सरकारसंग अनुमति लिएर स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाएर आफ्नो ८ औं महाधिवेशन गर्न लागेको हो । युनियनका उपमहासचिव दुर्गा फुयाँलले महाधिवेशनमा सहभागि युनियनकर्मीलाई कसरी सुरक्षित रुपमा महाधिवेशनमा सहभागि गराउने भन्ने विषयमा छललफल भइरहेको बताए । उनले सरकारसंग अनुमति लिएर महाधिवेशन तोकिएको समयमा नै गराउने स्पष्ट पारे ।

कोरोनाको संक्रमण बढेपछि सरकारले आउदो माघ १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्दै छ । त्यस्तै माघ ७ गते इन्जिनियर्स एसोशियनको पनि महाधिवेशनका लागि मतदान हुँदैछ । लामो समय रोकिएको इन्जिनियर्स एसोशियन महाधिवेशनको मतदान माघ ७ गतेका लागि तोकिएको छ । त्यस्तै एमाले निकट नेपाल निजामति कर्मचारी संगठनको समेत महाधिवेशन माघको १४ गतेदेखि १६ गतेसम्म हुँदैछ ।

निजामति कर्मचारी युनियनको महाधिवेशन माघमा तोकिएकै समयमा गर्नै पर्ने बाध्यता भएकाले कुनैपनि हालतमा नरोकिने बताइएको छ । युनियनको बर्तमान कार्यसमितिको म्याद चैत्रसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर यही मितिमा महाधिवेशन गर्ने तयारी गरिएको हो । अहिले लकडाउनकै अवस्था नभएको र पछाडि अझ कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा लकडाउन भएमा युनियनको बैधानिकता माथि प्रश्न उठ्ने भएकाले पनि युनियनको बर्तमान नेतृत्व समयमा नै महाधिवेशन गराउन लागेको कुरा उपमहासचिव दुर्गाप्रसाद फुयालले बताउनु भयो।