२ जेष्ठ २०८३, शनिबार
पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । १३ हजार ३६ नमुनाको परीक्षण गर्दा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज २ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९२ पुगेको छ ।


त्यस्तै, आज २७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ११ हजार ६९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।