२ जेष्ठ २०८३, शनिबार
धादिङमा पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खसेको हो ।
रुबीभ्याली गाउँपालिका १ स्थित तिप्लिङमा सडक खन्ने क्रममा आज (बिहीबार) बिहान करिब ७ बजेतिर पहिरो खसेको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले बताए । उनका अनुसार पहिरोमा पुरिएर डोजरसहित डोजरका चालक, सहचालक र सडक समितिका एक जना कर्मचारी बेपत्ता भएका हुन् ।


घटनाको थप विवरण आउन बाँकी छ । घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकीबाट चार घण्टाको पैदल दुरी रहेकाले प्रहरी घटनास्थल पुग्न सकेको छैन ।