एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७८ पुष ३० गते, शुक्रबार १३:१४ मा प्रकाशित

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो’, महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।