२ जेष्ठ २०८३, शनिबार
काठमाडौंदेखि पोखरा गईरहेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ देखिएको छ ।‘प्राविधिक गडबडी’ भएपछि हवाई जहाज पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिक टोलीले जहाज जाँच गरिरहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिएका छन् ।

