उपत्यकाका धार्मिकस्थल दर्शन र पूजाआजामा रोक

होमल्याण्ड खबर

२०७८ माघ ४ गते, मंगलवार १४:३२ मा प्रकाशित

कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लागएका हुन् ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताएका छन् । यो रोक माघ मसान्तसम्म लागू हुने छ ।

यस्तै यसअघि सबै प्रकारका भेला, सभा, सम्मेलनमा लगाइएको प्रतिबन्ध माघ मसान्तसम्म जारी रहने छ ।