प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ७ निर्माण कम्पनी

होमल्याण्ड खबर

२०७८ माघ ६ गते, बिहीबार ०९:१४ मा प्रकाशित

समयमै काम नसक्ने ७ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नसक्ने निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।

आजदेखि लागु हुने गरी निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको र कालोसूचीमा राखिएको अवधीभर सार्वजनिक निकायको कुनै पनि काम नगर्न निर्देशन दिइएको छ ।