उपत्यकामा शुक्रबार रातिदेखि यातायातमा जोर विजोर प्रणाली लागू हुने

होमल्याण्ड खबर

२०७८ माघ ६ गते, बिहीबार २१:०३ मा प्रकाशित

काठमाडौं उपत्यकामा भोलि शुक्रबार मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दुई पाङ्गेसहितका निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ ।

होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।