आज १ सय अङ्कले घट्यो शेयर बजार

होमल्याण्ड खबर

२०७८ माघ १० गते, सोमबार १५:३२ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज एक सय अङ्कले घटेको छ । हिजो आइतवार झन्डै १९ अङ्कले घटेको नेप्से आज एक सय दशमलव १० अङ्कले घटेर दुई हजार आठ सय २० दशमलव ४१ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीबन बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २८ कम्पनीको एक करोड ६३ हजार कित्ता शेयर आठ अर्ब ८८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज कर्णाली विकास बैंक र माउन्टेन हाइड्रोको शेयर सबैभन्दा धेरै साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युतकाे शेयरमा सकारात्मक सर्किट लागेको छ ।