काठमाडौंको शंखरापुरमा आफ्नै घरभित्र मृतावस्थामा भेटिए दम्पती

होमल्याण्ड खबर

२०७८ माघ १३ गते, बिहीबार १३:३२ मा प्रकाशित

काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनीमा आफ्नै घरभित्र दम्पती मृत भेटिएका छन् । ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ बिहीबार बिहान मृतावस्थामा भेटिएका हुन् ।

साँखु प्रहरीका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ । घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका थिए । उनका छोराले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेका छन् ।

साँखु प्रहरी चौकीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले मृत्युको वास्तविकता अनुसन्धानपछि मात्र भन्न सकिने बताका छन् ।