२ जेष्ठ २०८३, शनिबार
काठमाडौं उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन् । भोलि (शुक्रबार) बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर्ने जनाइएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागु गरेको छ । उक्त प्रणाली लागु हुँदा सवारी साधनको चाप घटेपनि पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड बढी हुने गरेको छ।

