काठमाडौंको कीर्तिपुरमा एक जना मृत अवस्थामा फेला

होमल्याण्ड खबर

२०७८ माघ १३ गते, बिहीबार १५:२२ मा प्रकाशित

काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका अनुसार कोठामा गएराति सुतेका रामेछापका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् ।

खाना खाएर सुतेका खत्रीले आज विहानसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । कोठामा भित्रबाट चुकुल लगाइएको प्रहरीले जनाएको छ ।

खत्री नगरपालिकाको नयाँ भवनमा रंग लगाउने काम गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।