पछिल्लो २४ घण्टामा थप ८,०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्‍यु

होमल्याण्ड खबर

२०७८ माघ १३ गते, बिहीबार १६:२६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।