९ मंसिर २०८१, आईतवार
साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०५ अंकले बढेको छ । यस क्रममा आज ६ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।
गठबन्धन सरकार तोकिएको समयमै स्थानीय तहको चुनाब गर्न तयार बनेपछि लगानीकर्तामा उत्साह आएर बजार १०० भन्दा बढीले बढेको हो ।
गतसाता स्थानीय तहको चुनाव अन्योल भन्दा करिब डेढ सय बन्दा बढी अंकले बजार घटेको थियो । बजारमा उत्साहजनक रुपले बढेको दिन ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।