८ मंसिर २०८१, शनिबार
काठमाडौंको सिनामंगलमा सिद्धार्थ बैंकले नयाँ एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायतका बैंकिङ सेवा पु-याउन एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
अहिले कोरोना महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाएर सबै सर्भिस आउटलेटबाट बैंकिङ सेवा प्रदान गरीरहेको जनाएको छ ।
सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटीएम, पीओएस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटीएम कार्डलगायतका सुविधा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।