जुत्ता उद्योगमा आगलागी

होमल्याण्ड खबर

२०७८ माघ २० गते, बिहीबार १४:२० मा प्रकाशित

झापाको मेचीनगरस्थित काँकडभिट्टामा रहेको जुत्ता उद्योग एसएस फुटवेरमा भीषण आगलागी भएको छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको छ ।

आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।