लगातारको हिमपातले चिसो अत्यधिक बढेको छ । चिसो बढेसँगै धारामा पानी जमेको छ । खोलासमेत जमेको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए । हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरु तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेडक्वाटर मनाङका प्रहरी निरीक्षक पूर्ण तामाङले बताए ।


हिमपातले किसान भने खुसी भएका छन् । मनाङका स्थानीय अनिता लामाले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताइन् । चामे गाउँपालिका– २ थान्चोकका स्याउ कृषक कुलबहादुर घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो भएको बताए ।




