चितवनमा पुनः देखियो बर्डफ्लू, धमाधम मर्न थाले कुखुरा

होमल्याण्ड खबर

२०७८ माघ २८ गते, शुक्रबार १५:१७ मा प्रकाशित

चितवनमा बर्डफ्लू रोगको सङ्क्रमण पुनः देखिएको छ। राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि माघ २५ गते नमूना संकलन गरी काठमाडौं पठाइएकामा बिहीवार संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान संक्रमण देखिएको हो ।

उक्त फर्ममा दुई हजार कुखुरा छन्। उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उनले बताए ।

फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उनको भनाइ छ । शंकास्पद फर्महरूको नमूना संकलन गरी परीक्षण गरिने उनले जानकारी दिए ।