भारत महोत्सव काठमाडौंमा

होमल्याण्ड खबर

२०७५ श्रावण २७ गते, आईतवार ११:०५ मा प्रकाशित

भारत स्वतन्त्रताको ७० वर्ष पुगेको अवसरमा काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासले शनिबार ‘भारत महोत्सव’ आयोजना ग¥यो । विभिन्न सांस्कृतिक कार्यक्रम र खाना महोत्सवसहितको सो भारत महोत्सव आयोजना गरिएको हो ।

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले दूतावास प्रांगणमा आयोजित सो महोत्सवको उद्घाटन गर्दै भने, ‘भारतको ७०औं स्वतन्त्रता दिवसको अवसरमा यहाँहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ, हामीले यो भारत महोत्सवसहित विभिन्न कार्यक्रमको आयोजना गरेर ७०औं स्वतन्त्रता दिवस मनाउँदै छौं ।’

कार्यक्रममा आयोजित खाना महोत्सवमा विभिन्न प्रकारका भारतीय खाना राखिएको थियो । खाना महोत्सवसहित विभिन्न कलाकारद्वारा प्रस्तुत गरिएका नृत्य एवं गीतसंगीतले भारत महोत्सवको माहोल मनोरम बनेको थियो ।

कार्यक्रममा भारतीय केन्द्रीय विद्यालयसहित विभिन्न विद्यालयका विद्यार्थीले लोक, शास्त्रीय, एवं बलिउड फिल्मी नृत्यहरू प्रस्तुत गरे । महोत्सव साँझसम्म चलेको थियो ।