साताको पहिलो दिन १०० अंकले घट्यो नेप्से

होमल्याण्ड खबर

२०७८ फाल्गुन १ गते, आईतवार १५:५७ मा प्रकाशित

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०० अंकले घटेको छ । कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम १०१ दशमलव २४ अंकले घट्दै २७ सय सय दशमलव ३२ अंकमा झरेको छ । यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १५ दशमलव ६२ अंकले घट्दै ५११।६६ विन्दुमा झरेको छ ।

आइतबार दोस्रो बजारमा ८१ हजार ८३७ कारोबारमार्फत एक करोड १६ लाख ६१ हजार ५३९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ९७ करोड ७२ लाख हाराहारी रहेको छ ।

माथिल्लो तामाकोशी जलविद्युत र नारायाणी विकास बैंकका लगानीकर्ताहरु आज बजारबाट धेरै गुमाउनेमा परेका छन् । यी दुई कम्पनीको सेयर मूल्य आइतबार ८ प्रतिशत भन्दा बढीले घटेको थियो । समग्र बजारमा आइतबार जलविद्युत र लगानी उपसमूहको सेयर पाँच प्रतिशत भन्दा बढीले ओरोलो लागेको छ ।