९ मंसिर २०८१, आईतवार
मंगलबार हरियाली छाएको सेयर बजार बुधबार फेरी रातो रंग हावी भएर रंगीचंगी देखिएको छ। यसदिन नेप्से परिसूचक १९.८४ अंकले घटेर २७ सय ३४.४४ विन्दुमा अडेको छ ।
नेप्से घटेसँगै सेन्सेटिभ इण्डेक्स पनि ओरालो लागेको छ। सेन्सेटिभ इण्डेक्स ३.४७ अंकले घटेर ५१८.६६ विन्दुमा पुगेको छ। मंगलबार नेप्से दोहोरो अंकले बढेर २७ सय ५४.२८ विन्दुमा बन्द भएको थियो ।
सो दिन २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा खरिदबिक्री भएको थियो। कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको थियो ।
आज २३१ कम्पनीको सेयर कारोबार भएको छ। सो कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता सेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १३ समूहमध्ये दुईको मात्रै सूचक बढेको छ। अन्य र जीवन विमाको मूल्य बढेको हो। अन्यको ०.४४ र जीवन विमाको ०.१४ प्रतिशतले मूल्य बढेको हो।
यस्तै यसदिन जलवद्युत समूहको सर्वाधिक २.१८ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ। डेभलपमेन्ट बैंकको १.८४,वित्त समूहको १.८१,होटल तथा पर्यटनको १.०८, व्यापारको १.४७ प्रतिशतले मूल्य घटेको छ।
बुधबार कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। यसदिन अपी पावर कम्पनीको सेयर सर्वाधिक २१ करोडभन्दा माथिको कारोबार भएको छ । त्यसैगरी, नेसनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको सेयर कारोबार भयो अरुण भ्याली हाइड्रोपावरको १६ करोडभन्दा बढीको सेयर किनबेच भयो।
गुराँस लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ ।