बालाजुमा बसले ठक्करबाट दुई पैदल यात्रुको मृत्यु

होमल्याण्ड खबर

२०७८ फाल्गुन ५ गते, बिहीबार ११:०२ मा प्रकाशित

बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ।

आज बिहान ५ बजेर ५० मिनेटको समयमा बालाजुको गंगा हल अगाडि बसले हिँडिरहेका दुई जनालाई ठक्कर दिँदा मृत्यु भएको हो। मृत्यु हुनेमा रसुवाका १८ वर्षीय विकास तामाङ र दुर्गामाया थापा छन्। ठक्कर दिने बसको नम्बर भने खुल्न सकेको छैन। थप अनुसन्धानको क्रममा नै छ,ु महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रले भने।

ठक्कर दिने बसको खोजी भइरहेको र केही बसका चालकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहको प्रहरीले जनाएको छ।