१ जेष्ठ २०८३, शुक्रबार
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७८९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार २८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ६४ जना र २ हजार ७६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार १०७ पुगेको छ । सोही अवधिमा १ लाख ६४ हजार ४७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १६ हजार ६१६ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।