९ मंसिर २०८१, आईतवार
ओमानमा जारी टी९२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ११७ रन मात्र बनाउन सक्यो । योसँगै, नेपालले ओमनलाई १ सय १८ रनको लक्ष्य दिएको छ ।
मध्यक्रममा आरिफ शेखले ३८ रन बनाउए भने आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामीछाने १६ रनमा अविजित रहे । ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए ।