१ जेष्ठ २०८३, शुक्रबार
नेपाल बार एसोसिएसनको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । चैत १९ गते हुने देशैभर एकसाथ हुने निर्वाचन समितिले जनाएको छ । चुनावबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् ।
चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । नामावलीमा दावी विरोधको मिति फागुन १३ गतेलाई तोकिएको छ ।


यस्तै अन्तिम नामावली फागुन २० गते प्रकाशित हुँदा फागुन २३ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरेर चैत १९ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु हुनेछ ।