कोरोना अपडेट : थपिए ३ सय ८८ संक्रमित, ४ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ फाल्गुन ९ गते, सोमबार १७:०४ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २ सय २५ पीसीआर परीक्षणमा २ सय ४७ र दुई हजार ९ सय १५ एन्टिजेन परीक्षणमा १ सय ४१ जना गरी ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २ सय८२ रहेको छ ।