नेप्सेमा दोहोरो अङ्कको सुधार, ३ अर्बको कारोबार

होमल्याण्ड खबर

२०७८ फाल्गुन १० गते, मंगलवार १६:१३ मा प्रकाशित

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार आएको छ । २८ सय १८ दशमलव ५१ अङ्कबाट सुरु भएको बजारमा अन्तिम समयसम्म १७ दशमलव ४२ अंकले बढ्दै २७ सय ३५ दशमलव ९१ पुगेको हो ।

यस दिन म्यानु एण्ड प्रो र लगानी बाहेक सबै सूचकहरू धनात्मक भएका छन् । अदर्स समूहको उपसूचक अधिकतम १ दशमलव ९८ प्रतिशतले बढेको छ भने, फाइनान्स समूहको १ दशमलव ९१ प्रतिशतले, डेभलपमेन्ट बैंक १ दशमलव ५१ प्रतिशतले र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक १ दशमलव ०५ प्रतिशतले बढेको छ ।

अन्य उपसूचकहरू भने १ प्रतिशतभन्दा कमले बढेका छन् । तर, १७ अंक माथिले बढेको बजारमा आज ३ अर्ब २१ करोड २८ लाख रुपैयाँको मात्र कारोबार भएको छ ।