२ जेष्ठ २०८३, शनिबार
कलाकार जयनन्द लामाको निधन भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष गायक बद्री पंगेनीले कलाकार लामाको निधन भएको बताएका छन्।
उनले बुधबार बिहान २ बजे लामाको निधन भएको बताए। लामाको निधनप्रति गायक पंगेनीले दु:ख व्यक्त गरेका छन्। पछिल्लो समय लामा चलचित्र अभिनयमासमेत व्यस्त रहेका थिए।

