पर्यटन मन्त्री आलेको निर्देशनमा पाशुपत क्षेत्रका पर्खालमा पेन्टिङ गरिँदै

होमल्याण्ड खबर

२०७८ फाल्गुन ११ गते, बुधबार १३:५५ मा प्रकाशित

काठमाडौंको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो ।

शिवरात्रिसम्ममा पेन्टिङ सक्ने मन्त्री आलेको योजना छ । यो वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ । ‘वेदर कोेट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ ।