१ जेष्ठ २०८३, शुक्रबार
पछिल्लो २४ घण्टामा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १ सय ३ जनाको पीसीआर परीक्षण गर्दा २ सय ५६ जना र तीन हजार ५ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बुधबार ९ सय ११ जना संक्रमणमुक्त भएका छन्

