यूनियन लाइफ इन्स्योरेन्स र लुम्बिनी बिकास बैंकबीच संझौता

होमल्याण्ड खबर

२०७५ श्रावण २८ गते, सोमबार १३:३२ मा प्रकाशित

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी बिकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स संझौता भएको छ ।
सो संझौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक चुडामणी चापागाई र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले हस्ताक्षर गरेका छन् ।
संझौता अनुसार यूनियन लाइफ इन्स्योरेन्सको बीमा योजना बैंकले आफ्ना ग्राहकहरुलाई बिक्रि वितरण गर्ने भएको छ ।
जीवन बीमा क्षेत्रमा पछिल्लो अवधिमा आएका बीमा कम्पनीहरु मध्ये यूनियन लाइफ इन्स्योरेन्स अग्रणी बन्न सफल भएको छ ।
कम्पनीले गत आ.व.मा साढे ८६ करोड बीमाशुल्क संकलन गर्न सफल भएको छ ।
कम्पनीले जनउपयोगी बीमा योजनाहरु ल्याएर बीमा बजारमा पृथक पहिचान बनाउन सफल भएको छ भने कम्पनीको देशब्यापी उपस्थिती बढाउन शाखा तथा उपशाखा बिस्तारलाई तिब्रता दिईरहेको जनाएको छ ।